भारतमा राहुल गान्धी विपक्षी दलको नेता चयन

काठमाडौं ।  भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी लोकसभामा विपक्षी नेता चुनिनुभएको छ । १० वर्षपछि भारतीय लोकसभामा कांग्रेसले विपक्षी दलको नेताको हैसियत पाएको हो ।

यसअघिका दुई वटा चुनावमा कांग्रेसले संसद्को १० प्रतिशत अर्थात् कम्तीमा ५४ सिट जित्न नसकेपछि विपक्षी दलको नेताको हैसियत पाएको थिएन । सन् २०१४ मा २२ र २०१९ मा ५२ सिट जितेको कांग्रेसले यसपल्ट ९९ सिट जित्न सफल भएको हो ।

गान्धीले आज लोकसभामा विपक्षी दलको नेताका रूपमा सम्बोधन गर्दै यसपल्ट विपक्षी भारतीयहरूको आवाजको प्रतिनिधित्व दमदार तरिकाले भएको बताएको बीबीसी हिन्दीले जनाएको छ । भारतीय लोकसभामा विपक्षी दलको नेता एक संवैधानिक पदका रूपमा रहेको छ । विपक्षी दलका नेतालाई विशेषाधिकार प्राप्त हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर