पाकिस्तानमा गर्मीबाट २५ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको कराँचीमा तीन दिनदेखि अत्यधिक तापक्रम वृद्धिका कारण २५ जनाको मृत्यु भएको छ ।  गर्मीका कारण स्वास्थ्यमा समस्या भएपछि अरू धेरै जनालाई अस्पतालमा भर्ना गरिएको त्यहाँका स्थानीय सञ्चार माध्यमले बताएका छन् ।

उच्च तापक्रमका कारण धेरै बिरामीमा पानीको मात्रा कम भएको र प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको चिकित्सकले बताएका बीबीसीले जनाएको छ । मुटुको रोग र क्यान्सर जस्ता दीर्घरोग भएका केही व्यक्तिलाई थप उपचारका लागि अस्पतालमा राखिएको छ ।

पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार समुद्री हावाको अवरोधका कारण कराँचीमा विगत तीन दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । मौसम विभागले अब छिटै कराँचीमा समुद्री हावा फेरि शुरु हुने जसले गर्दा तापक्रममा क्रमिक गिरावट आउन सक्ने पूर्वानुमान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर