घण्टी पार्टीमा घृणित राजनीति, महामन्त्रीकै भविष्य अन्योल

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीभित्र आफूमाथि घृणित राजनीति भएको गुनासो गरेका छन्। महामन्त्री डा. ढकालले पार्टी सभापति रवि लामिछानेले आफूले गर्दै नगरेका काममा लाञ्छना लगाउँदै आफूमाथि घृणित राजनीति गरेको आरोप लगाएका हुन् । उनले भने, “मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो।”

उनले पार्टी सभापतिका नाममा एक पत्र लेख्दै  भने, ‘यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ, मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो,’ उनले पत्रमा लेखेका छन्, ‘मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइनँ। नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए। मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउनपर्छ । मेरो पनि राजनीतिक अधिकार हो। यो प्रतिवेदन ११.३ लाख जनता जसले घण्टीमा भोट हाले, उहाँहरूले पनि थाहा पाउनुपर्छ। यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ । ममाथि न्याय गरियोस्, यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस्।’

उनको पत्रको पूर्ण विवरण यस्तो छ:-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर