१३ किलो अफिमसहित दाङबाट तीनजना पक्राउ

काठमाडौं । प्रहरीले १३ किलो अफिमसहित दाङबाट तीनजनालाई पक्राउ गरेको छ । तुलसीपुर–८ दुधेनाबाट रुकुमपश्चिमको आठबीसकोटका टेकबहादुर बोहरा, मनकुमारी बोहरा र रुकुम पश्चिमकै सिमीकोटका मोहन पुनलाई गएराति पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुर पोखरेलका अनुसार प्रहरी निरीक्षक प्रकाश थापासहित जिप्रका दाङको सादा पोशाकको टोलीले उनीहरुलाई आफन्तको घरबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रुकुममा अवैधरूपमा खेती गरेर अफिम दाङको तुलसीपुर हुँदै भारत पठाइँदै आएको प्रहरीको सूचना रहेको छ । अफिम कारोबारीले तुलसीपुरलाई ट्रान्जिट प्वाइन्ट बनाउन थालेपछि प्रहरीले निगरानी बढाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर