कास्कीमा घर बगाउँदा २ जना बालबालिकाको मृत्यु

काठमाडौं । कास्कीमा बुधबार बिहान पहिरोले घर बगाउँदा २ जना बालबालिकाको मृत्यु भएको छ । मादी गाउँपालिका–५ चितेपानीमा स्थानीय प्रकाश रानाभाटको ब्लक र टिनले बनेको ३ कोठे घरको पछाडिबाट माटोको ढिस्कोले घर पुरिँदा १३ बर्षीय बालिका आयुष्मा रानाभाटको मृत्यु भएको छ।

पहिरोले पुरिँदा उनका हजुरआमा ७० वर्षीय हजुरआमा लालमाया बन्जारीको सकुशल उद्धार गरिएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । शर्माका अनुसार घरमा हजुरआमा र नातिनी मात्र सुतेका थिए । यस्तै, पोखरा महानगर–२७ स्थित आरुपाटामा मंगलबार बिहान ३ बजे स्थानीय हरि सुनारको ढुङ्गा र माटोले बनेको २ कोठे घर पनि पहिरोले भत्काएको छ। घर भत्किँदा उनका ३ वर्षीय छोरा अनमोल सुनारको मृत्यु भएको छ । घरभन्दा माथिबाट झरेको पहिरोले घर भत्किँदा उनका श्रीमती २७ वर्षीय ऋतु सुनार गम्भीर घाइते भएको डिएसपी शर्माले बताए । उनका अनुसार पहिरोबाट हरि सुनार र उनका ९ वर्षीय छोरी अंजली सुनारको भने सकुशल उद्धार गरिएको छ। घर पूर्ण रुपमा क्षेती भएको प्रहरीले जनाएको छ।

कास्कीमा गएरात‍िदेखि अविरल वर्षा भइरहेको छ । वर्षाकै कारण पोखराको चाउथेस्थित आनन्दटोलमा पृथ्वी राजमार्ग भासिएको छ। घट्टेकुलोमा पानीको बहाव बढेर सडक भासिएको प्रहरीले जनाएको छ । डिएसपी शर्माका अनुसार सडक करिब ७ मिटर लम्बाइ र १ मिटर चौडाइ सडक भासिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर