“नेपालमा अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ”

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओंठे प्रश्नलाई उही ओंठे शैलीमा जवाफ दिएका छन् । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा प्रधानमन्त्री छ कि छैन ? रुसी सेनामा नेपाली भर्ना भएको के हो भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्रीले नेपालमा प्रधानमन्त्री छ, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ भनी बताए ।

प्रधानमन्त्रीको ओंठे जवाफ यस्तो छः- ‘नेपालमा प्रधानमन्त्री छ । त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ । त्यसो भएको हुनाले सरकारले पठाएर त रुसी सेनामा गएका होईनन् नेपाली नागरिक । जे भएपनि नेपाली नागरिक रुसी सेनामा जानु र युद्धमा मारिनु दुःखद् कुरा हो । म अझ जोड दिएर भन्न चाहन्छु, प्रचण्ड भएको हुनाले भन्न चाहन्छु । राति १२ बजे रुसी सेनाको मोर्चामा भएका, लडाइको मोर्चामा भएका नेपालीसँग मैले कुरा गरेको छु ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उनीहरुलाई फिर्ता ल्याउनेबारे उनीहरुको रायसमेत लिएको छु । त्यस्तो प्रधानमन्त्री, कुनै दिन तपाईँ हुनुभएछ भने हेर्नुहोला तपाईँ कति गर्नुहुन्छ ? म पनि हेर्न चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर