अभिनेता टामायो पेरीको निधन

काठमाडौं । सार्क माछाको आक्रमणमा परी “पाइरेट्स अफ द क्यारेबियन” चलचित्रका अभिनेता टामायो पेरीको निधन भएको छ । ४९ वर्षीय अभिनेताको आइतबार अपराह्न निधन भएको होनोलुलुको आपत्कालीन सेवाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

पाइरेट्स अफ द क्यारेबियन : अन स्ट्रेन्जर टाइड्समा पेरीले अभिनय गरेका थिए । सन् २०११ मा रिलिज भएको चलचित्रमा जोनी डेप, पेनेलोप क्रुज र जेफ्री रस मुख्य भूमिकामा थिए । उनले यसबाहेक लस्ट, हावाई फाइभ-जिरो, ब्लू क्रस, चार्लिज एन्जल्स २ लगायत चलचित्रमा अभिनय गरेका थिए । ओहाउमा जन्मिएका पेरी व्यावसायिक रूपमा सर्फिङ गर्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर