निर्यातजन्य उद्योगको दुई अर्ब ६३ करोड अनुदान रकम रोक्का

काठमाडौं । नेपालमा उत्पादिन सामग्री निर्यात गर्दा दिइने नगद प्रोत्साहन अनुदान रोकिएको छ । बजेट अभावले गर्दा निर्यातमा वितरण गरिँदै आएको अनुदानबापतको रकम रोकिएको हो ।

चालु आर्थिक वर्षमा विनियोजन गरेको ९० करोड रुपैयाँ वितरण गरिसकेपछि उद्योग विभागले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग दुई अर्ब १० करोड रुपैयाँ थप माग गरेको थियो । अर्थ मन्त्रालयले समयमै रकम निकासा नगर्दा उद्योगीले रकम पाउन सकेका छैनन् ।

चालू आवमा मुलुकबाट निर्यात भएका विभिन्न सामग्रीबापत प्रोत्साहन अनुदान दुई अर्ब ६३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उद्योग विभागले जनाएको छ । चालू आवका लागि निर्यातमा अनुदान प्राप्त गर्न सरकारले ९० करोड विनियोजन गरेको थियो । यो वितरण भइसकेको छ । अनुदान वितरणका लागि थप रकम माग गरिएको छ । त्यो पनि निकासको तयारीमा रहेको विभागका सूचना अधिकारी अर्जुनसेन ओलीले बताए । सरकारले गत आव २०७९–८० कै निर्यातबापतको प्रोत्साहन अनुदान रकम उद्योगीलाई उपलब्ध गराउन बाँकी रहेको बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर