कञ्चनपुरमा सइमाथि खुकुरी प्रहार

काठमाडौं । कञ्चनपुरमा सशस्त्र प्रहरीका एक जना सइमाथि खुकुरी प्रहार भएको छ ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका(७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्टका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैंसिरमाथि शुक्रबार राति स्थानीय युवाहरुको समूहले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले राति साढे १० बजेको समयमा चैसिरमाथि खुकुरी प्रहार भएको बताए । उनकाअनुसार स्थानीय युवाको समूहले होहल्ला गरिरहेका बेला सम्झाउन खोज्दा चैसिरमाथि खुकुरी प्रहार भएको थियो ।
चैसिर गस्तीमा खटिएको समयमा १०–१५ जनाको समूहले खुकुरी प्रहार गरेको र उनीहरुको खोजी भइरहेको छ ।
प्रतिक्रिया