सांसद फणिन्द्र देवकोटाको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ ।  न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सोमबार देवकोटालाई पदबाट हटाउने प्रदेश सचिवालयको निर्णय असंवैधानिक भएको बताएको हो ।

नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित सांसद देवकोटाले पछिल्लोपटक नेपाली कांग्रेसबाट मुख्यमन्त्री निर्वाचित सुरेन्द्रराज पाण्डेलाई समर्थन गरेका थिए । त्यसपछि देवकोटालाई माओवादी संसदीय दलले कारबाही गरेको थियो । उक्त कारबाही बदरको माग गर्दै देवकोटाले गत असार ६ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा सुनुवाइ गर्दै अदालतले देवकोटामाथि गरिएको कारबाही कार्यान्वयन नगर्नू/नगराउनू भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर