कर्मचारी सरुवा स्थगित

काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवासम्बन्धी कार्य तत्काललाई स्थगन गरेको छ । मन्त्रालयले आइतबार एक सूचना जारी गरी अर्को प्रकाशन नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरेको जानकारी दिएको हो । कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकाले सरुवासम्बन्धी कार्य स्थगन गरिएको मन्त्रालयले जनाएको छ । ‘अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरिएको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

null


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर