गगन थापाले प्रधानमन्त्रीलाई भने, “सके नटेर्ने मन्त्रीलाई फेर्नु, नसके आफैं डेरा सर्नु”

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो कुरा नटेर्ने मन्त्रीलाई फेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाकोआइतबार बसेको बैठकको शून्य समयमा उनले संसदीय व्यवस्थामा मन्त्री फेर्न नसक्ने हो भने सिंहदरबार र बालुवाटारबाट डेरा सर्न पनि प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए । “समानीकरण अनुदानको विषयमा स्थानीय सरकारका प्रमुखहरूले प्रधानमन्त्रीलाई भेट्दा सय प्रतिशत चाहिन्छ भन्नुभएछ,” उनले भने, “प्रधानमन्त्रीले मेरो त मन छ तर, मन्त्रीले मानेनन् भन्नुभएछ । कति पटक भन्ने यो संसदीय व्यवस्था हो, नटेर्ने भए मन्त्री फेर्ने अनि मन्त्री फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने ।”

उनले समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक र संघ सरकारको संवैधानिक दायित्व भएको बताए । संघीय सरकारले स्थानीय सरकारलाई वकस दिने जस्तो ढंगबाट व्यवहार गेरेको उनको भनाइ छ । “तर, यो तजबिजी अधिकार हो । यसपालि पनि यस्तै भयो, सरकारले सात प्रतिशत जति अनुदान घटाउने अरे भन्ने सुनियो स्रोत छैन भन्ने कुरा आयो,” उनले थपे, “वडाको क्षेत्राधिकारभित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने ! स्रोत छैन भनेर अनुदान कटौती गर्ने ? यो अस्वीकार्य र असंवैधानिक छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर