सुन प्रतितोला २७ सय रुपैयाँले घट्यो

काठमाडौं । आज आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको २७ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य तोलाको ५० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर