माछा मार्न जाँदा एक शिक्षकको ज्यान गयो

काठमाडौं । भारी वर्षाका कारण जाजरकोटको कुशे गाउँपालिका–१, तारेचौरनजिक खोलामा माछा मार्न गएका एक जनाको मृत्यु भएको छ भने अन्य ६ जनाको उद्धार गरिएको छ ।

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिइन् । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक थिए ।

बाढीमा परी कुशे–४, तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका उपाध्यक्ष सिंहले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर