आइसिसी टी-२० विश्वकप : भारतद्वारा बंगलादेश पराजित

काठमाडौं ।  आइसिसी टी-२० विश्वकपमा भारतले बंगलादेशलाई पराजित गरेको छ। सुपर आठको खेलमा भारतले लगातार दोस्रो जित निकाल्दा बंगलादेशले लगातार दोस्रो पराजय भोगेको हो। लगातार विजयी हुने क्रममा गएराति भारतले बंगलादेशविरूद्ध ५० रनको जित निकाल्यो।

भारतले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ८ विकेट गुमाएर १४६ रन मात्रै बनाउन सक्यो। बंगलादेशका लागि कप्तान नजमुल हुसेन शान्तोले सर्वाधिक ४० रन बनाए। उनले ३२ बलमा १ चौका र ३ छक्का हाने। तान्जिड हसनले ३१ बलमा ४ चौका हानेर २९ रन जोडे। रिशद हुसेनले १० बलमा १ चौका र ३ छक्का हानेर २४ रनको योगदान गरे।

ओपनर लिटन दास र महमुद उल्लाहले १३/१३ रन, शाकिब अल हसले ११ रन जोडे। बलिङतर्फ भारतका कुलदीप यादवले तीन विकेट, अर्शदीप सिंह र जसप्रित बुमराहले २/२ तथा हार्दीक पाण्ड्याले एक विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर