युरोकपमा  चेक रिपब्लिक र जर्जियाले अंक बाँडे

काठमाडौं। युरोकपमा  चेक रिपब्लिक र जर्जियाले अंक बाँडेका छन्। शनिबार सम्पन्न समूह ‘एफ’ को खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। यो नतिजासँगै पहिलो खेलमा पराजित दुबै टोलीले समान एक अंक बटुलेका छन्।

दुई खेलबाट पहिलो अंक जोडेको चेक रिपब्लिक तेस्रो तथा जर्जिया चौथो स्थानमा छ। पहिलो हाफको अतिरिक्त समयको चौथो मिनेटमा जर्जेस मिकाउटाडजेले पेनाल्टीमा गोल गर्दै जर्जियालाई सुरुआती अग्रता दिलाएका थिए। तर, ५९औँ मिनेटमा प्याट्रिक शिकले गोल गर्दै खेल १–१ गोलको बराबरी अवस्थामा ल्याए। त्यसपछि बाँकी समय थप गोल नहुँदा खेल १–१ को बराबरीमा सकियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर