भक्तपुरको दधिकोटस्थित व्यापारीको घरबाट दुई करोड लुटपाट

भक्तपुर । भक्तपुरको दधिकोटस्थित एक व्यापारीको घरमा प्रहरी हुँ भन्दे लुटपाट गरेको घटना प्रकाशमा आएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार घटना गत मंगलबारका दिन भएको र लुटपाटमा चारपाँच जनाको समूहले खानतलासी लिन आएको बहानामा उक्त व्यापारीको घरबाट करिब दुई करोड रुपैयाँ लुटपाट गरेर फरार भएको छ ।

उक्त व्यापारीको घरमा जडान गरिएको सीसीटीभी फुटेजमा चारपाँचजना संलग्न भएको देखिन्छ । प्रहरीले हालसम्म कसैलाई पनि पक्राउ गर्न नसकेको घटनाको गहिरोपूर्वक अनुसन्धान गरिरहेको बताइएको छ । सीसीटीभी फुटेजका आधारमा भक्तपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर