युरोकप : युक्रेन र अष्ट्रिया विजयी

काठमाडौं । युक्रेनले जारी युरोकपमा स्लोभाकियालाई पराजित गरेको छ। शुक्रबार सम्पन्न खेलमा युक्रेनले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको हो। युक्रेनको जितमा मिकोला शापारेनको र रोमान यारेमचुकले एक एक गोल गरेका थिए। त्यस्तै स्लोभाकियाका लागि इभान स्चारान्जले एक गोल गरेका थिए। १-० गोलले पछि परेको युक्रेनले खेलमा कमब्याक गर्दै जित निकालेको छ।

पहिलो खेलमा रोमानियासँग ३-० ले हारेको युक्रेनले दोस्रो खेलमा जित निकाल्दै समूह इ मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ। यो जितपछि युक्रेन समूहमा दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै स्लोभाकियाको पनि २ खेलमा ३ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ। अब युक्रेनले समूह चरणको अन्तिम खेल बेल्जियमसँग जुन २६ मा खेल्ने छ भने स्लोभाकियाले रोमानियासँग सोहि दिन खेल्ने तालिका छ।

अष्ट्रियाले पोल्याण्डलाई पराजित गरेको छ। गएराति बर्लिनमा भएको खेलमा अष्ट्रियाले पोल्याण्डलाई ३-१ गोलले पराजित गरेको हो। अष्ट्रियाको जितमा गेर्नट ट्रनर, क्रिस्टोफ बाउमगार्टनर र मार्को अर्नाटोभिकले एक एक गोल गरे। गर्नोटले नवौं मिनेटमै अष्ट्रियालाई अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा पोल्याण्डका क्रिस्टफ पियटेकले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर