बिरामीलाई बलात्कार गरेको आरोपमा ललितपुरका डा.नेम्कुल गिरफ्तार

काठमाडौ ।  बिरामीलाई क्लिनिकमै बलात्कार गरेको आरोपमा ललितपुरबाट प्रहरीले एक चिकित्सकलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दा दायर गरेको छ । डा. रामगोपाल नेम्कुललाई पक्राउ गरी प्रहरीले मुद्दा दायर गरेको हो ।

महालक्ष्मी नगरपालिका–५ सानागाउँस्थित आफ्नै घरमा उपेन फर्मा चलाउँदै आएका डा. नेम्कुलले फर्मामै एक स्थानीय महिलालाई बलात्कार गरेको उजुरी परेको थियो । आफुलाई लठ्याउने सुई लगाई बिरामी जाँच्ने बेडमा बलात्कार गरेको ती महिलाको उजुरी छ ।डा. नेम्कुलले भने जग्गा कारोबारको विषयमा ती महिलाले आफुलाई फसाएको दाबी गरेका छन् ।महिलासँग आफुले जग्गा खरिद गरेको र त्यसवापत थप पाँच लाख माग्दै आएकाले पैसा नदिदा फसाएको दाबी गरेका छन् । चीनबाट इन्टर्नल मेडिसिनमा एमडी गरेका चिकित्सक नेम्कुल मिडाट र गणेशमान अस्पतालमा समेत काम गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर