बजेट सरासर पास हुने, कांग्रेसले विभाजनको प्रक्रिया नमाग्ने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको आज शुक्रबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट निर्णयार्थ पेस हुँदा संसदमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ । कांग्रेसको यो निर्णयसँगै कांग्रेसका सांसदहरू बजेट पारित गराउन मध्यमार्गी हुनेछ ।

‘प्रतिनिधिसभामा बजेट पारित गर्ने दिनमा विभाजनको प्रक्रियाको विषय प्रवेश गर्ने प्रायः प्रस्ट भएको छ । आज शुक्रबारै बजेट पारित गर्ने तयारी भए पनि शुक्रबारको बैठक स्थगित गरिएको छ । प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्नेछ । कांग्रेसको संसदीय दलको बैठकमा कांग्रेसका सांसहरूले बजेटप्रति असन्तुष्टि पोखेका थिए । कांग्रेसका अधिकांश सांसदहरूको भनाइ थियो, ‘बजेटमा सत्तापक्षले विभेद गर्‍यो ।’ अहिले सांसदहरूले आफ्नो विकास क्षेत्रमा तजबिजीमा बजेट खर्च गर्न पाउने सांसद विकास कोष छैन । तर, विकास कोषमार्फत गर्ने विकासे योजनालाई अर्थ मन्त्रालयले बजेट निर्माण गर्ने बेलामा नै समेटेर बजेट विनियोजन गरेको छ । यस्तोमा कांग्रेस सांसदहरूको आरोप छ, ‘सत्तापक्षका सांसदका क्षेत्रमा १५ करोडभन्दा बढी रकम विनियोजन भएको छ । कांग्रेस सांसदको क्षेत्रमा मुस्किलले ५ करोड परेको छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर