मलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीको अफर छ : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्री पदमा आमन्त्रण गरेको बताएका छन् । रास्वपाले शुक्रबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राउतले प्रधानमन्त्रीले उसपटक आफूलाई उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्न आग्रह गरेको खुलासा गरे ।

उनले एमाले अध्यक्ष ओली पनि आफूलाई उपप्रधान तथा परराष्ट्र मन्त्रालयदिन तयार भएको दाबी गरे । यसभन्दा अघि जनमत पाटीै प्रचण्ड नेतृत्वको सरकारमा दुई पटक सहभागी भएको थियो । जनमतबाट पार्टीका पार्टीका उपाध्यक्ष अब्दुल खान खानेपानीमन्त्री र अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका थिए । तर यो पटक भने आफूलाई नै मन्त्री बन्न अफर गरेको उनले बताए । उनले बजेट पारित भएपछि सल्लाह गर्ने जवाफ दिएको बताए । तर उनले आफू भने मन्त्री बन्नुभन्दा पनि पार्टी संगठन बनाउनमा केन्द्रित हुने बताए ।

जनमतले मधेश सरकारको मुख्यमन्त्री पाएपछि केन्द्र सरकारमा पनि सहभागी हुने तयारीमा छ । तर राउत भने बजेट पासपछि र मधेशमा विश्वासको मत पाएपछि मात्र सरकारमा जाने मनसाय राखेको बताइएको छ । अध्यक्ष ओली आफ्नो पार्टीबाट कुनै मन्त्री फिर्ता बोलाउन तयार छैनन् । रास्वपा र एकीकृत समाजवादी पनि कुनै मन्त्रालय छाड्न तयार नभएपछि प्रधानमन्त्री प्रचण्ड आफ्नै पार्टीका अर्थमन्त्री वर्षमान पुनबाहेक अन्य मन्त्रीलाई फिर्ता बोलाउने मोडमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर