लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध

काठमाडौं ।  लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । नेपाली काँग्रेसले बजेट जनतामैन्त्री र संघीयता विरोधी बजेट आएको भन्दै शुक्रवारको संसद बैठक अवरुद्ध गरेको हो । शुक्रवारको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले आफनो धारणा राखिसकेपछि काग्रेसले संदन अवरुद्ध गरेको हो । दल नेता बोलिसकेपछि काग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरु बसिरहेको स्थानबाट उठेर विरोध जनाएका हुन ।

विपक्षी दलका नेता तथा डिल्लीबहादुर चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथमिकतामा राखेको भनेर चालु वर्ष भन्दा ५७ करोड रुपैयाँ बजेट घटाएको, किसानमैत्री बजेट नल्याएको बताए । उनले सरकार किसानको विरोधी भएको टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर