सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि

काठमाडौं । आज शुक्रबार सुनको मूल्य बढेको छ।  सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार  शुक्रबार तेजाबी सुन  प्रतितोला  १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ८६५ रुपैयाँ रहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर