इटालीलाई हराउँदै स्पेन युरो कपको अन्तिम १६ मा प्रवेश

काठमाडौं ।  इटालीलाई हराउँदै स्पेन युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न खेलमा स्पेनले इटालीलाई १-० ले हराएको हो । सर्वाधिक तीन पटकको युरोकप विजेता स्पेनले एकमात्र गोल उपहार पाएको थियो । खेलको ५५औं मिनेटमा दुई पटकको विजेता इटालीका निको विलियम्सको क्रसमा इटालियन डिफेन्डर रिकार्डो कालाफियोरीलाई लागेर बल आफ्नै पोस्टमा छिरेपछि स्पेनले गोल उपहार पाएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा यी दुई टोली प्रमुख प्रतिद्वन्द्वी मानिन्छन् । यसअघिको युरोकपमा स्पेनलाई नै हराएर इटालीले फाइनल यात्रा तय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर