घरजग्गा कारोबारमा २२ प्रतिशतभन्दा वृद्धि

काठमाडौं । काठमाडौंमा पछिल्लो समय घरजग्गा कारोबार बढ्दै गएको छ । सरकारले जग्गा कित्ताकाट फुकुवा गरेसँगै घरजग्गा कारोबारमा पनि वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार असोज महिनामा काठमाडौँमा घरजग्गा कारोबारमा वृद्धि भएको देखिएको छ ।   विभागका अनुसार जेठमा ६१ हजार १६१ संख्यामा घरजग्गा किनबेच भएको छ। यो गत वैशाखको तुलनामा २२.८५ प्रतिशतले बढी हो। वैशाखमा भने ४९ हजार सात सय ८२ संख्यामा घरजग्गा किनबेच भएको थियो। राष्ट्र बैंकले गत जेठ ४ गत चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको समीक्षा गर्दै घरजग्गा खरिद प्रयोजनमा लचिलो नीति लिँदै घरजग्गाको ऋणमा हालको ५० प्रतिशतको सीमालाई बढाएर ७० पुर्‍याएको थियो।

सो व्यवस्था लागू भएसँगै मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्र चलायमान भन्दा जग्गा सट्टापट्टा मात्रै बढ्ने सम्भावना रहेको पनि विज्ञहरुले बताएका थिए । नयाँ व्यवस्थाअनुसार घरजग्गा कारोबार गर्नेहरुले आफ्नो आम्दानीको ७० प्रतिशत किस्ता हुन आउने गरी बैंकबाट ऋण लिन पाएसँगै घरजग्गा कारोबारमा सुधार आएको हो।यस्तै, केन्द्रीय बैंकले आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखबाट बढाएर २ करोड पुर्‍याएको छ भने रियल इस्टेट सम्बन्धी कर्जाको जोखिम भार १ सय ५० बाट घटाएर १ सय २५ प्रतिशत कायम गरेको छ । यस्तै राष्ट्र बैंकले धितो मूल्यांकन आधारमा कर्जा पाउने सीमा पनि उपत्यकाभित्र ३० प्रतिशतसम्म झारेकोमा त्यसलाई बढाउँदै लगेर ५० प्रतिशत कायम गरेको छ।

विभागको तथ्यांकअनुसार जेठमा देशभर ६१ हजार एक सय ६१ संख्यामा घरजग्गा किनबेच भएको छ भने वैशाखमा देशभर ४९ हजार सात सय ८२ संख्यामा घरजग्गा किनबेच भएको थियो । यो कारोबार गत वर्ष जेठको तुलनामा पनि ११ प्रतिशतले बढी रहेको पाइएको छ । घरजग्गा कारोबारमा वृद्धि भएसँगै जेठमा घरजग्गा कारोबारबाट सरकारलाई ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ। वैशाखमा भने घरजग्गा कारोबार बापत ३ अर्ब ८६ करोड ३८ लाख रूपैयाँ राजस्व प्राप्त भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर