नेप्से दोहोरो अंकले तल

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १०.४४ अंकले घटेर दुई हजार ६८ दशमलब ३१ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५२ वटाको बढेको छ भने १८६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमा कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.७१ प्रतिशतले बढेर प्रतिकित्ता ११६० रुपैयाँ पुगेको छ । आज कुथेली बुखेरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयर मूल्य आज ९.२८ प्रतिशतले घटेको छ । सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको १७ करोड १४ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर