भारतको तमिलनाडुमा विषाक्त रक्सीले २९ जनाको मृत्यु

काठमाडौं । भारतस्थित तमिलनाडुको कल्लाकुरिचीमा विषाक्त मदिरा पिउँदा मृत्यु भएकाको संख्या २९ पुगेको छ भने ६० जनाभन्दा बढी विभिन्न अस्पतालमा उपचाररत छन्। ती व्यक्तिले प्याकेटमा पाइने मदिरा खाएका थिए। गत जुन १८ तारिख कल्लाकुरिची जिल्लाको करुणापुरममा भएको घटनामा मृत्यु भएकाहरू अधिकांश दैनिक ज्यालादारी मजदुर छन्।

दिरा पिएपछि राति अबेरसम्म यी व्यक्तिलाई झाडापखाला, वान्ता, पेट दुख्ने र आँखामा जलन भएको थियो। प्रहरीले यस मामिलामा एक जना के कन्नुकुटी (४९) लाई पक्राउ गरेको छ। उनको साथबाट मिथानोल मिसाइएको झन्डै २ सय लिटर विषालु मदिरा बरामद भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर