प्रतिपक्षीको नाराबाजीपछि बागमती प्रदेशसभाको बैठक स्थगित

काठमाडौं । बागमती प्रदेशसभाको आज बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र राप्रपाका सांसदहरूले नाराबाजी गरेपछि स्थगित भएको छ । बैठकमा प्रतिपक्षी दलहरुले बजेट पुनः लेखनको माग गर्दै बैठकमा नाराबाजी गर्दै अवरुद्ध गरेका हुन्। प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय-व्ययको विवरण नै नमिलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका हुन्। सांसदहरूले ‘बजेट पुनः लेखन गर, बजेट सन्तुलित बजेट गर, बजेटलाई समावेशी गर, बजेटमा आर्थिक अराजकता गर्न पाइँदैन’जस्ता नारा लगाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर