अभिनेत्री पूजा शर्मासँग दर्शकको चित्त दुखाई

काठमाडौं । अभिनेत्री पूजा शर्मा भोलि असार ७ गते शुक्रवारदेखि प्रदर्शनमा आउने आफ्नो नयाँ फिल्म ‘दान्भी’ का कारण अहिले चर्चामा छन् । उनले आफ्नो यो फिल्मको प्रमोशनका लागि ‘रावायण’ को छायांकनलाई समेत रोकेकी छिन् । सबै काम रोकेर उनी अहिले आफ्नो ‘ड्रिम प्रोजेक्ट ‘दान्भी’ को प्रमोशनमा तीव्रताका साथ लागि परेकी छन् ।

यो फिल्ममा पहिलो पटक आफ्नो दमदार एक्शन अवतार भएकाले पनि अन्य फिल्मको तुलनामा ‘दान्भी’ फरक र महत्वपूर्ण रहेको पूजाले बताउँदै आएकी छन् । यसैबीच, केही सञ्चार माध्यममा ‘दान्भी’ का बारेमा जानकारी गराउने क्रममा अभिनेत्री शर्माले दिएको एउटा अभिव्यक्तिलाई भने दर्शकले मन पराएका छैनन् । अभिनेत्री शर्मालाई ‘दान्भी’ मा नयाँ अनुहार अर्थात फिल्मका अभिनेता कुन्साङ बोम्जनका बारेमा एक प्रश्न सोधिएको थियो । त्यसको जवाफमा उनले ‘मलाई नयाँ–नयाँ अनुहारमात्र मन पर्छ । पुरानोलाई फर्केर हेर्न मन लाग्दैन’ भनेकी छन् ।

हुन त पूजाले नयाँ कुरा र नयाँ मानिसबाट धेरै नयाँ कुरा सिक्न पाइन्छ, त्यसैले नयाँ मानिससँग काम गरेको हो भनेर आफ्नै भनाइलाई सच्याउन खोजेकी छिन् । यद्यपि, आफ्नो अभिव्यक्तिलाई आलोचित हुनबाट बचाउन खोजे पनि उनले ‘प्वाक्क पुराना अनुहारलाई फर्केर हेर्न मन लाग्दैन’ भनेपछि दर्शकले उनीसँग चित्त दुखाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर