“टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने”

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले टीकापुरमा जनधनको अपूरणीय क्षति भएको बताए । “टीकापुर घटना एउटा दु:खद् घटना हो, जसमा जनधनको अपूरणीय क्षति हुन पुग्यो,” उनले भने, “घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुन बमोजिम नै हुनेछ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर