फरार जीवी राईको लोकेसन पत्ता लागेको गृहमन्त्रीको दाबी

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले जीवी राईको लोकेसन पत्ता लागिसकेको बताएका छन् । चितवन पुगेका गृहमन्त्री लामिछानेले पत्रकारहरूसँग कुरा गर्दै सहकारी ठगी प्रकरणका मुख्य आरोपी राई मलेसियामा रहेको लोकेसन पत्ता लागेको बताए । आफू मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको बताउँदै उनले त्यहाँका गृहमन्त्रीले फरार जीवी राईको लोकेसन कन्फर्म गरिसकेको उल्लेख गरे । उनले मलेसियाका गृहमन्त्रीको भनाई उद्धृत गर्दै भने, ‘लोकेसन पत्ता लागिसक्यो । उनलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ । त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भइरहेको हो, कोसिस जारी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर