बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१ रायमाझी चोकमा बिहीबार बिहान बस र भारतीय मालवाहक ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

प्रहरीको प्रारम्भिक विवरण अनुसार दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेलाई प्रहरीले उद्धार गरी विभिन्न अस्पताल पुर्‍याइएको छ । घटनास्थलमा उद्धारको काम जारी रहेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले बताए । उद्धारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । बागमती नगरपालिका-१ स्थित रायमाझी चोकमा भैरहवाबाट जनकपुरका लागि छुटेको लु १ ख ८८४८ नम्बरको बस र सोही स्थानमा सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालवाहक ट्रक (लहरी) बिहीबार बिहान ६ः३० बजेतिर ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा रुपन्देहीका दर्शक कुँवर, रामकरण केबट र हरिबहादुर चौधरीको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर