टी–२० विश्वकप : वेस्ट इण्डिजले इंग्ल्याण्डलाई दियो १८१ रनको लक्ष्य

काठमाडौं ।  नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत सुपर–७ को खेलमा आयोजक वेस्ट इण्डिजले इंग्ल्याण्डलाई १ सय ८१ रनको लक्ष्य दिएको छ । सेन्ट लुसियास्थित डारेन स्यामी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८० रन बनायो । उसका लागि जोनसन चार्ल्सले ३८, निकोलस पूरन र कप्तान रोभम्यान पावेलले ३६/३६, ब्रेण्डन किंगले २३ र शेर्फेन रदरफोर्डले अविजित २८ रन बनाए । इंग्ल्याण्डका लागि लियाम लिभिङस्टोन, आदिल राशिद, मोइन अली र जोफ्रा आर्चरले एक/एक विकेट लिए । जारी विश्वकपमा वेस्ट इण्डिज अपराजित छ । उसले समूह चरणको चारवटै खेल जितेको थियो । इंग्ल्याण्डले समूह चरणमा चारमध्ये दुईमा जित, एकमा हार तथा एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर