मुलुकभर डेंगु संक्रमितको संख्या १२ सय नाघ्यो

काठमाडौं ।  मुलुकभर डेंगु संक्रमितको संख्या १२ सय नाघेको छ । डेंगु संक्रमितको संख्या पछिल्लो छ महिनामा एक हजार २ सय ४१ पुगेको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । महाशाखा अनुसार हिमाली जिल्लाहरू मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र जुम्लाबाहेक ७२ जिल्लामा डेंगुको संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी डेंगु फैलिएका १० जिल्लामध्ये काठमाडौंमा एक सय ४१ जना, झापामा एक सय १२ जना, चिवतनमा ७५, मकवानपुरमा ५९, डोटीमा ४७, तनँहुमा ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुंगामा ४१, रुपन्देहीमा २८ र भक्तपुरमा २७ जना संक्रमित भेटिएका छन् ।

प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा बढी बागमतीमा ४ सय २८ जना, कोशीमा २ सय ८५, गण्डकीमा १ सय ८८, लुम्बिनीमा १ सय ४८, सुदुरपश्चिममा १ सय ४०, मधेश प्रदेशमा ३४ र कर्णालीमा १८ जनामा संक्रमण देखिएको छ । डेंगु संक्रमण देखिएका विरामीमा उच्च ज्वरोसँगै बेस्सरी टाउको दुख्ने, आँखाको गेडी, हाडजोर्नी, मांसपेशी तथा ढाड दुख्ने, रिंगटा लाग्ने, वाकवाकी/वान्ता हुने लक्षण देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर