कर्मचारीको आन्दोलनबाट प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आज बुधबारको बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम चलिरहेको थियो।

आन्दोलनकारी कर्मचारी र सभामुख देवराज घिमिरेबिच कार्यालय समय ५ बजेसम्म मात्र सदनको गतिविधि सञ्चालन गर्ने सहमति भएकोमा सभामुखले ५ बजेपछि पनि बैठक चलाएपछि बैठकको गरितिविधि प्रत्यक्ष प्रसारण गरिरहेका प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर सांसद तथा मन्त्रीको प्रसारण रोकेका थिए। त्यो सूचना पाएपछि सभामुख घिमिरेले भोलि बिहीबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

संघीय संसद सचिवालयका कर्मचारीहरुले प्रोत्साहन भत्ताको माग गर्दै आज पनि संसद भवनमा धर्ना बसेका थिए । उनीहरुको धर्नाका कारण बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठकसञ्चालनमा ढिला भएको थियो। कर्मचारीहरूले हिजो पनि संसदका महासचिव पदमप्रसाद पाण्डेको सचिवालय घेराउ गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर