चीन हिस्स : दलाई लामा-पेलोसीबिच भारतमा भेट

काठमाडौं । चीनको विरोधका बाबजुद अमेरिकी कंग्रेसको उच्चस्तरीय प्रतिनिधिमण्डलले बुधबार तिब्बतका धार्मिक गुरु दलाई लामालाई भारतमा भेट गरेको छ । अमेरिकी कंग्रेसमा विदेश मामिलासम्बन्धी समितिका रिपब्लिकन सभापति माइकल म्याककाउलको नेतृत्वको सो टोलीमा पूर्वसभामुख न्यान्सी पेलोसी समेतका सातजना सामेल थिए । दलाई लामालाई भेट्न टोली मंगलबार भारतको हिमाञ्चल प्रदेश पुगेको थियो । लामा त्यही धर्मशालामा सन् १९६० को दशकदेखि बस्दै आएका छन् ।

अमेरिकी प्रतिनिधिमण्डलले तिब्बतको प्रवासी सरकारको कार्यालय समेत भ्रमण गरेको थियो । सो कार्यालयले तिब्बतलाई चीनबाट स्वायत्त बनाउनका लागि भूमिका खेल्दै आएको छ । चीनले अमेरिकी कंग्रेस प्रतिनिधिमण्डलले दलाई लामासँग भेट्नुअघि नै कडा वक्तव्य जारी गरेर तिब्बतको मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो । गत वर्ष पनि पेलोसी सभामुख पदमा आशीन हुँदा ताइवमनको भ्रमण गरेकी थिइन् । त्यत्तिबेला पनि चीनले बक्तव्यबाजी गर्दै विरोध गरेको थियो । पेलोसी चढेको जहाजलाई अमेरिकी र ताइवानको २२ वटा लडाकु जहाजले आगवानी (एक्सकर्टिङ) गर्दै ताइपेई एअरपोर्टमा अवतरण गराएको थियो । चीनले विरोधमा प्रचारबाहेक अरू कुनै प्रतिक्रिया देखाउन सकेको थिएन । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर