सांसद खतिवडाको प्रश्न : विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको हो कि होइन ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेको हो वा होइन भन्ने सम्बन्धमा प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसद खतिवडाले भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको भने उनले राज्यबाट पाउने सेवा सुविधाबारे के हुन्छ ? भन्ने जिज्ञासा राख्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरेको समाचार सुन्नमा आयो । पार्टीको सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिका हैसियतमा सेवा सुविधा लिन मिल्दैन, राज्यले त्योबारे के सोचेको छ, संविधानमा के व्यवस्था छ सरकारले त्यसको जवाफ देओस्।’ केही दिनयता भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको चर्चा सञ्चारमाध्यमहरू र सामाजिक सञ्जाल चलिरहेको छ । यस विषयमा भण्डारीको तर्फ वा एमालेबाट स्पष्टता आएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर