एडिबीद्वारा मेलम्चीलाई दुई अर्ब अनुदान दिने

काठमाडौं । एसियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई दुई अर्ब अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडवर्क्समा ठुलो क्षति पुर्‍याएकाले हेडवर्क्स निर्माणका लागि एडिबीले दुई अर्ब (१९ दशमलव ७५ मिलियन अमेरिकी डलर) बढी नेपाली रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिएका छन् ।

बाढीसँगै बगेर आएका गेग्रान र ढुङ्गाहरुले हेडवर्क्सका सम्पूर्ण संरचना पुरिदिएपछि झण्डै एक हजार मिटरमाथि हेडवर्क्स बनाउने तयारी भइरहेको बेला एडिबीले दुई अर्बभन्दा बढी नेपाली रुपैयाँ अनुदानमा उपलब्ध गराएको सचिव आचार्यले बताए । दुई वर्ष अघिदेखि नै उसले हेडवर्क्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भए पनि मन्त्रिपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो ।

सरकारले सहमति जनाएसँगै आयोजनाले हेडवर्क्स सार्नका लागि परामर्श दाता छनोट प्रक्रिया अघि बढाएको छ । आयोजनाले चार वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ । यसका लागि झन्डै साढे तीन अर्ब लागत लाग्ने अनुमान आयोजनाको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर