आज बुधबार सुनको मूल्य स्थिर

काठमाडौं । आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर