संसद् भवनमा प्रहरी जवानद्वारा आत्महत्या

काठमाडौं । संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले आफैँले बोेकेको राइफलले अनुहारमा गोली हानेर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ । काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले उनी बिहान ड्युटीमै खटिएको पाइएको बताए । एक प्रहरी अधिकारीका अनुसार बाथरुमभित्र राइफल छ, गोली छ, मृत अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनी बिहान ६ बजेदेखि १० बजेसम्म सोही स्थानमा ड्युटीमा खटिएकोबताईको छ ।
दोलखा मेलुङ गाउँपालिका(४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको इन्सास राईफलद्वारा निधारमा फायर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर