रोहितसँग विवाद गर्ने बंगलादेशका खेलाडी दण्डित

काठमाडौं । आईसीसी टी२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा विवाद गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आइतबारको खेलमा खेल आचारसंहिता उल्लंघन गरेको भन्दै उनले पाउने म्याच फिको १५ प्रतिशत जरिवाना गराएको हो।
नेपालले बंगलादेशले दिएको लक्ष्य पछ्याउने क्रममा तेस्रो ओभरमा उक्त घटना भएको थियो। नेपाली स्किपर रोहित पौडेलसँग उनले खेलकै बीच अनावश्यक विवाद गरेका थिए। तान्जिमले खेलाडी र उनीहरुका सहयोगीका लागि बनाइएको आईसीसी आचारसंहिताको २।१२ को नियम उल्लंघन गरेको पाइएको आईसीसीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर