शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छाड्ने मन्त्री श्रेष्ठको दृढोक्ति

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छाड्ने बताएकी छन् । शिक्षा मन्त्रालय सम्हालेको आज सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलन मन्त्री श्रेष्ठले शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेन्डा लागू गरेर छोड्ने दृढता व्यक्त गरिन् ।

मन्त्री श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण रहेसम्म समाज, शिक्षक र विद्यार्थीको शिक्षणमा मर्का पु-याइरहने उल्लेख गरिन् । उनले मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आबद्ध शिक्षकहरूको तथ्याङ्क माग गरे पनि प्राप्त नभएको गुनासो पनि गरिन् । यस्तै, उनले आठ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको जानकारी दिइन् ।

उनले ४५ जना शिक्षकविरुद्ध उजुरी परेको, ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र चार जनाले सफाइ पाएको पनि बताइन् । सरकारले शिक्षाका उच्च अधिकारी नियुक्त गर्दा राजनीतिक भागबन्डाभन्दा पनि योग्यता, उपयुक्तता हेरेर गर्न थालेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर