सांसद राजेन्द्र लिङदेनको आक्रोश : बजेट पुस्तिका च्यातचूत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवैज्ञानिकढंगले बजेट विनियोजन गरेको भन्दै बजेट पुस्तिका च्यातेका छन् । प्रतिनिधिसभाको आज मंगलबार बसेको बैठकमा सांसद लिङदेनले रोष्ट्रममा बोल्दै भने, मेरो स्वभाव म कम आक्रोश पोख्ने मान्छे हुँ, जुन दिनदेखि भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका हात प¥यो, असाध्यै रिस उठेको छ, च्यातेर हुत्याउन मन लागेको छ ।’ यत्ति बोली सकेपछि उनले बजेट पुस्तिका च्याते । अहिले सदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा एमालेका रघुवीर महासेठ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर