आज मंगलबार सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला ६ सय रुपैयाँले घटेको सुन आज स्थिर रहेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । तेजाबी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर