युरो कपमा फ्रान्सको विजयी सुरुवात

काठमाडौं ।  फ्रान्सले युरो कप २०२४ मा विजयी सुरुआत गरेको छ । गएराति सम्पन्न खेलमा अस्ट्रियालाई १–० ले हराउँदै समूह ‘डी’ मा  रहेको फ्रान्सले विजयी सुरुवात गरेको हो । फ्रान्स आत्मघाती गोलको मद्दतमा विजयी भयो । म्याक्सिमिलेन वेबरले ३८ औँ मिनेटमा गरेको आत्मघाती गोल नै फ्रान्सका लागि पर्याप्त बन्यो । यस खेलमा फ्रान्सका कप्तान केलियन एमबाप्पे घाइते भए । खेलका दौरान नाकमा चोट लागेपछि उनलाई अस्पताल लगिएको थियो । एमबाप्पेको नाकको शल्यक्रिया गर्नुपर्ने बताइएको छ । ९०औँ मिनेटमा विपक्षी खेलाडीसँग ठोक्किँदा उनको नाकमा चोट लागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर