इलाममा क्रूरतापूर्वक छाउराे मारेको अभियोगमा तीनजना युवक पक्राउ

काठमाडौं ।  कुकुरको छाउराेलाई लाठीले हानेर क्रूरतापूर्वक मारेको अभियोगमा प्रहरीले इलामका तीनजना युवकलाई पक्राउ गरेको छ । देउमाई नगरपालिका-९, जितपुरबाट २१ वर्षी दीक्षान्त मोरोहाङ लिम्बू, १७ वर्षीय संगम लिम्बू र १७ वर्षी अशोक लिम्बूलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो। कुकुरको छाउराेको ज्यान लिएपछि विरोध हुँदा उनीहरू तीनैजना भागेका थिए । उनीहरूलाई भागेको अवस्थामा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो । उनीहरूले कुकुरको खैरो रंगको एउटा छाउरोलाई लाठीले पटक पटक हानेर क्रूरतापूर्वक ज्यान लिएर खाडलमा पुरेका थिए। त्यसपछि उनीहरूले उक्त भिडियो सामाजिक सञ्जालमा हालेपछि चर्को विरोध भएको थियो ।

यी ती युवाले गत जेठ ३२ गते कुकुरको छाउरो मारेर खाडलमा पुरेको भिडियो फेसबुकमा पोस्ट गरेका थिए । उक्त भिडियो उनीहरूले ‘सुगम मोराहाङ लिम्बू’ र ‘भूत प्रेत’ एकाउन्टबाट फेसबुक पेजमा हालेपछि भाइरल भएको थियो । सामाजिक सञ्जालमा चिन्ताजनक भिडियो सार्वजनिक भएपछि घटनाको छानबिन अघि बढाउन इलाम प्रहरीलाई दबाब परेको थियो । यसबारेमा पशपंक्षी कल्याण संघले जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरीसमेत दिएको थियो । पक्राउ परेका तीनै युवाविरुद्ध ‘पशुपंक्षीसम्बन्धी कसुर’ अन्तर्गत परेको जाहेरीअनुसार अनुसन्धान अघि बढाइएको इलाम प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर