तोलामा ६०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्यमा ६०० र चाँदीको मूल्यमा २० रुपैयाँले घटेको हो ।

आज सुन तोलाको एक लाख ४२ हजार २०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि हिजो सुनको मूल्य १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १८२० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर