प्रधानमन्त्री प्रचण्डको ओलीलाई जवाफ : बजेट जनता र राष्ट्रको पक्षमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले बजेट समग्रमा सन्तोषजनक रहेको दाबी गरे । उनले भने, “मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ ।” सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको छ । यो सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षाअनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु ।”

सरकार परिवर्तनका सम्बन्धमा बाहिरी हल्लामा सत्यता नभएको पनि उनले बताए । “सरकार अगाडि जान्छ । राम्रैसँग जान्छ । बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने रियूमरहरुमा कुनै सत्यता छैन । यो समीकरण राम्रैसँग जाने छ”, सरकारमा रहेका दलहरुबाट सरकारप्रति सार्वजनिक असन्तुष्टिका सन्दर्भमा पत्राकारहरुले उठाएको जिज्ञासामा जवाफ दिँदै प्रधानन्त्रीले भने । उनले उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नीति तथा कार्यक्रम र बजेटका विषयलाई लिएर दिएको असन्तुष्टिलाई पनि ठुलो रुपमा हेर्न नहुने तर्क गरे ।

“केपी ओली जीले पनि असन्तुष्टि जस्तो मात्रै पो गर्नुभएको हो । असन्तुष्टि नै गर्नुभाछैन नि”, प्रधानमन्त्री प्रचण्डको जवाफ थियो । उनले पछिल्लो गठबन्धन सरकारको सय दिन सन्तोषजनक रहेको पनि बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा खल्तीमा बोकेर हिँडेको भन्दै दिइएको अभिव्यक्ति उहाँहरुको पहिचानको अभिव्यक्ति मात्रै भएको प्रधानमन्त्रीको टिप्पणी छ । “रविजीले सुरुमै भन्नुहुन्थ्यो आफ्नो पहिचानका निम्ति पनि उहाँहरुले यस्तो कुरा भन्नुपर्ने आवश्यकता होला । तर मैले बुझेअनुसार त्यस्तो केही पनि छैन”, उनले भने ।

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट असन्तुति भएको, सत्ता साझेदार दलहरूसँग सल्लाह नगरी ल्याइएको भन्दै तीखो आलोचनाकाबि प्रधानमन्त्रीको उक्त प्रतिक्रिया आएको राजनीतिक वृत्रमा विश्लेषेण गरिएको छ ।

प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा प्रधानमन्त्री दाहालले कुनै परिवर्तन नहुने बताए । उनले भने, “मैले अस्तिको दिन मात्रै तीनैजना आइजिपिहरुलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईँहरू ढुक्कसँग काम गर्नुहोस् भनिसकेको छु । त्यही गतिमा उहाँहरूले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर