६ किलो सुन र ४८ लाखसहित एक चिनियाँ पक्राउ

काठमाडौं । काठमाडौंको बौद्ध तीनचुलेबाट ६ किलो सुन र ४८ लाख नगदसहित एक चिनियाँ पक्राउ परेका छन् । तिब्बतिएन मूलका चिनियाँ सोनाम गुरुङ आइतबार राति पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका गुरुङको साथबाट ६ किलो सुन र ४८ लाख बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए । बरामदी सुन र नगदका सम्बन्धमा विस्तृत आनुसन्धान अगाडि बढाइउको प्रहरीको भनाइ रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर