ओलीको प्रतिस्पर्धी विद्या भण्डारीले पार्टी सदस्यता नवीकरण गरिन् ?

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको पार्टी सदस्यता नवीकरण गरेकी छन्। २०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रको सर्वोच्च पदमा रहेकी भण्डारीले पार्टीमा सक्रिय हुने लक्ष्यका साथ पार्टी सदस्यता नवीकरण गरेकी हुन्।

गत वैशाख १ गते नयाँ वर्षको अवसरमा उनले सदस्यता नवीकरण गरेको बताइएको छ । भण्डारीलाई वर्तमान अध्यक्ष केपी शर्मा ओलीको प्रतिस्पर्धी मानिन्छ । यद्यपि, भण्डारीको सदस्यता नवीकरणसम्बन्धमा एमालेले आधिकारिक रूपमा प्रस्ट गारेको छैन । एमालेको सक्रिय राजनीतिमा फर्कनका लागि पार्टीभित्र वातावरण बनाइरहेकी भण्डारी अब औपचारिक रुपमा एमालेको संगठित सदस्य भएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर